PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा



रासस

फार्क विद्रोहीद्वारा नयाँ पार्टीको औपचारिक घोषणा
फोटो श्रोतः enca.com

कोलम्बिया : कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आवद्ध लडाकूहरूले नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन्। 

लामो समयदेखि लगातार सामाजिक न्यायका लागि लडिरहेको फर्कका पूर्वलडाकूहरुले हिंसाको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा परिणत गरिएको घोषणा गरेका छन्। 

‘सुरु सुरुमा फार्कलाई नकारात्मक रूपमा हेरिन्थ्यो, तर हाम्रो विगत क्रान्तिकारी र एतिहासिक छ,’ पुर्व विद्रोही नेता तथा प्रवक्ता इभान मार्कक्वाजले पत्रकारहरुसँग भने। त्यो द्वन्द्व अव भने राजनीतिक क्षेत्रमा हुने उनको भनाई छ। 

उनीहरूले अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपान्तरण गर्नुपरेको बताएका छन्। 

पार्टीको घोषणा गर्न आयोजित राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा एक हजार दुई सय पूर्व लडाकूहरु जम्मा भएका थिए। 

अहिलेका राष्ट्रपति जोन म्यानुएल सान्तोषको नेतृत्वमा कोलम्बियामा शान्ति प्रक्रिया अघि बढेको हो। 

सान्तोष र विद्रोही नेता लोन्डोनोले गत नोभेम्बर २४ मा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। शान्ति सम्झौतालाई गत डिसेम्बरमा संसद्ले अनुमोदन गरेको थियो। 

कोलम्बियाको अनुदारवादी पक्ष भने अहिलेको शान्ति सम्झौताको विपक्षमा छ। शान्ति सम्झौतापछि कोलम्बियामा झण्डै पाँच दशकदेखि चलेको आन्तरिक द्वन्द्व अन्त्य भएको छ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell