PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

पहिरोले सिन्धुपाल्चोकको धुस्कोटमा विद्यालय भवन पुरियो



रासस

पहिरोले सिन्धुपाल्चोकको धुस्कोटमा विद्यालय भवन पुरियो

चौतारा :  शुक्रबार रातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकमा एक विद्यालय भवन पुरिएको छ। 

साविक फुल्पिङकोट गाविस– ९ हाल बलेफी गाउँपालिका– ३ धुस्कोटको ओख्रेनीस्थित चारकोठे सिमासिंह आधारभूत विद्यालय भवन पुरिएकाले पठनपाठनमा असर पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम तामाङले बताए। 

करिब डेढ सय मिटरमाथिबाट खसेको पहिरोको लेदोले विद्यालय भवन पुर्नुका साथै थारमारे र भुसुने खोलामा बाढीले गहिर्याएर खोंच बनाएकोले बालबालिकालाई आवतजावत गर्न समेत कठिनाइ भएको छ। 

सँगै रहेको ट्रष्टलाई मर्मत गर्नसमेत ठाउँ ठाउँमा सडक भत्किएकाले सामान ढुवानी गर्न कठिनाई भएको हुँदा त्यहाँ अध्यनरत ६४ जना बालबालिकालाई त्रिपाल हालेर पढाउनुको विकल्प नभएको अध्यक्ष तामाङले गुनासो गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell