PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेपछि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन



रासस

जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेपछि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन

जाजरकोटः मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ। 

जसका कारण स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या बढेको छ। जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइडलगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ। 

मौसमी भाइरलको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट गएको स्वास्थ्यकर्मीसहितको टोलीले शुक्रबार दिउसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सञ्चालन गरी उपचार सुरु गरेको छ।

शिविरमा ९० जनाको स्वास्थ्य उपचार गरिएकोमा तीमध्ये २० जना सिकिस्त बिरामी फेला परेका स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिए। 

सिकिस्त बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको रावलले बताए। आज इन्द्रधनुष प्राथमिक विद्यालय पोख्रामा थप केन्द्र विस्तार गरी उपचार कार्य सुरु गरिएको छ।

उपचार गर्दागर्दै औषधि सकिएका कारण थप औषधि लिन लहँ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई पठाएको उनले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली गएर आज बिहानैदेखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिति सदस्य प्रशान्त शर्माले जानकारी दिए। 

शिविरमा अहिलेसम्म ६० जनाको उपचार भइसकेको डा सञ्जय थापाले बताए। डाक्टर थापासहित चार जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ। मौसममा सुधार नआएका कारण उपचारमा समस्या उत्पन्न भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell