PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

उत्तर कोरियाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता 



रासस

उत्तर कोरियाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता 
फोटो श्रोतः scmp.com

अमेरिका :  संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौती सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर गरेका छन्। 

यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोललाई अमेरिकी सैनिक सामग्री बेच्ने अर्बौं अमेरिकी डलर बराबरको ‘अवधारणात्मक सहमति’ जनाएका छन्। 

गत मङ्गलबार उत्तर कोरियाले जापानी भूमिमा क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपि प्रहार सामुद्रिक क्षेत्रमा भएकाले यसबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको थिएन। घटनापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली हतियार परीक्षणको मोहले सैनिक कारबाहीको आवश्यकतालाई महशुस गराएको भन्दै ‘सवै विकल्प वार्ताका लागि टेबुलमा’ रहेको बताएका थिए। 

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली समकक्षी मुन जाए–इनलाई टेलिफोन गरी उत्तर कोरियाली ‘अस्थिर र उत्ताउलो व्यवहार’ विरुद्ध समन्वय गरी अघि बढ्नुपर्नेतर्फ आग्रह गरेका, ह्वाइट हाउसले विज्ञप्ति जारी गरी जनाएको छ। 

ट्रम्प र मुनले उत्तर कोरियाविरुद्ध तीव्र कुटनैतिक तथा आर्थिक दवाव दिने र प्योङ्याङको हतियार मोहबाट उब्जिएको सुरक्षा खतरालाई सामना गर्ने विज्ञप्तिमा जनाइएको छ। 

दुई देशका नेताबीच सुरक्षा सहकार्यका लागि समन्वय गर्दै दक्षिण कोरियाली प्रतिरक्षा क्षमतालाई मजबुत पार्ने बिषयमा सहमति भएको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले अमेरिकी सैनिक सामग्री किन्ने अर्बौ डलर बराबरको योजनाप्रति सहमतिसमेत जनाउनुभएको छ।’ 

अमेरिकी राष्ट्रपति ट्रम्पले काजकिस्तानका राष्ट्रपति नुरसुल्तान नजारबायेवसँग टेलिफोनमा कुरा गर्दै काजकिस्तानसँगको २५ वर्ष लामो कुटनैतिक सम्बन्ध र आफ्नो सरकारले अघि सारेको दक्षिण एसियाली रणनीतिका बिषयमा जानकारी गराएका बताइएको छ। 

ट्रम्पले काजकिस्तानले क्षेत्रीय र विश्वस्तरमा गरेको नेतृत्वदायी भूमिका र आउँदो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रमुखको चयनका लागि देखाएको भूमिकाको प्रशंसा गरे। 

त्यसै गरी ट्रम्पले कोलम्बियाका राष्ट्रपति जुवान म्यानुयल सान्तोससँग पनि फोनवार्ता गरेका छन्। कुराकानीमा कोलम्बियाले गैरकानुनी औषधिको उत्पादन नियन्त्रणमा गरेको अत्यन्त्यै महत्वपूर्ण पहलको सह्राहना गरेका छन्। रासस/पीटीआई 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell