PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

कांग्रेस ओरालो लागिसक्यो, माओवादीको कुरै नगर्नुस् : माधवकुमार नेपाल



पहिलोपोस्ट

कांग्रेस ओरालो लागिसक्यो, माओवादीको कुरै नगर्नुस् : माधवकुमार नेपाल

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई ओरालो लागेको शक्ति र माओवादीको कुरै गर्न नपर्ने बताएका छन्। 

एमाले पार्टी कार्यालयमा पार्टीको प्रदेश नम्बर दुर्इले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेपालले यस्तो धारणा राखेका हुन्। 
दुर्इ नम्बर प्रदेशका जनताको पीडा नेकपा एमालेले मात्र सम्बोधन गर्नसक्ने दावी गर्दै नेता नेपालले भने, 'कांग्रेस ओरालो लागेको शक्ति भैसक्यो। माओवादीको कुरै नगर्नुस्।  त्यसैले अब एमालेले मात्र मधेशका जनताले सम्बोधन गर्न सक्छ।' 

नेकपा एमालेले मधेशको हितमा काम गरिरहेको र पछिसम्म पनि गर्ने बताउँदै एमाले मधेश विरोधी पार्टी नभएको नेता नेपालले प्रस्टिकरण दिए। 
'एमाले उचनीच विरोधी पार्टी हो। यसले सबै समुदायको मानमर्यादा बढाउने काम गर्छ,' उनले भने। 

नेता नेपालले सधै मधेशी जनताका हितलार्इ ध्यानमा राखेको र एमाले एउटा कम्युनिष्ट पार्टी भएकाले कुनै पनि हालतमा मधेश विरोधी काम गर्न नसक्ने समेत धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell