PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

भन्सार कर्मचारीद्वारा जनकपुरमा १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद



रासस

भन्सार कर्मचारीद्वारा  जनकपुरमा १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

धनुषा :  जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा बरामद गरेको छ। 

प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारबाट शनिबार बिहान ३ बजे भन्सार छली ल्याइएका १० लाख मूल्य बराबरका लत्ताकपडा बरामद गरेको जानकारी दिए। 

ज १ च १२७५ नम्बरको पिकअप भ्यानमा रहेको लताकपडा सिरहातर्फ लैजाँदै गरेका बेला बरामद गरिएको उनले बताए। कपडा भारतीय नागरिकको भएको अनुमान गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell