PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

दुई नम्बर प्रदेशमा आयोगको उच्चस्तरीय अनुगमन टोली



पहिलोपोस्ट

दुई नम्बर प्रदेशमा आयोगको उच्चस्तरीय अनुगमन टोली


काठमाडौंः असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनको तयारीको अनुगमन गर्न निर्वाचन आयोगका चार आयुक्त त्यसतर्फ प्रस्थान गरेका छन्।

आठ जिल्लाका १३६ स्थानीय तह निर्वाचनको समग्र तयारी अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तीलगायतका सम्पूर्ण पक्षको उच्चस्तरीय अनुगमन गर्न आयोगको टोली त्यसतर्फ प्रस्थान गरेका हुन्।

धनुषा र महोत्तरी जिल्लाका लागि इला शर्मा, रौतहट र सर्लाहीका लागि नरेन्द्र दाहाल, पर्सा र बाराका लागि इश्वरी प्रसाद पौड्याल तथा सप्तरी र सिरहाका लागि सुधीरकुमार शाह खटिएका छन्।

उनीहरुले जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यम, नागरिक समाजलगायतका व्यक्तिसँग निर्वाचन तयारीको विषयमा छलफल र अन्तरक्रिया गर्नेछन्। 

हालै गएको बाढीबाट क्षतिग्रस्त भएका सडक, कल्भर्ट र पुल मर्मतको अवस्था, क्षतिग्रस्त मतदानस्थलकाे अवस्थालार्इ अध्ययन गरी आवश्यकताअनुसार सम्बन्धित निकायलाई थप निर्देशन दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।  

निर्वाचनका लागि धनुषामा ५३२, पर्सामा ३४४, बारामा ४५९, महोत्तरीमा ४१५, रौतहटमा ४३४, सप्तरीमा ४६२, सर्लाहीमा ५०१, सिरहामा ४३१ मतदान केन्द्र निर्धारण गरिएको छ। 

निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मतदान गर्नेछन् । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell