PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

अमेरिकी अन्तरिक्ष केन्द्र(नासा)को प्रमुखमा जिम ब्रिडेन्सटीन नियुक्त



रासस

अमेरिकी अन्तरिक्ष केन्द्र(नासा)को प्रमुखमा जिम ब्रिडेन्सटीन नियुक्त
फोटो श्रोतः gg2.net

वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि सभा सदस्य जिम ब्रिडेन्सटीनलाई अमेरिकी अन्तरिक्ष केन्द्र (नासा)को प्रमुखमा नियुक्त गरेका छन्। 

सन् २०१२ मा संसदमा निर्वाचित जिम संसदको विज्ञान, अन्तरिक्ष र प्रविधि समितिमा काम गर्दै आएका थिए। 

उनी पूर्वविमान चालक पनि हुन्। उनले इराक र अफगानिस्तानमा सैन्य विमान चलाएका थिए। नासाका नवनियुक्त प्रमुख ब्रिडेन्सटीन ट्रम्पका समर्थक हुन्। 

उनी नियुक्त हुनु अघि सात महिनासम्म नासा कार्यवाहक प्रशासकले चलाएका थिए। नासाको इतिहासमै पहिलो पटक कर्मचारीले नेतृत्व गर्ने अवसर रोबर्ट लाईटफुटलाई आइलागेको थियो। 

लाईटफुटले विज्ञप्तिमा भनेका छन्,‘हाम्रा प्रतिनिधि नेतृत्वकर्ता आउनु भएकोमा म निकै खुसी छु, सांसद ब्रिडेन्सटीनले अव हाम्रो नेतृत्व गर्नुहुनेछ।’ रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell