PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

बाढीपीडित मुसहर बस्तीलार्इ नेविसंघको सहयोगी अभियान 



पहिलोपोस्ट

बाढीपीडित मुसहर बस्तीलार्इ नेविसंघको सहयोगी अभियान 

काठमाडौंः नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महोत्तरीको बाढी प्रभावित बदिया बन्चौकीको मुसहर बस्तीमा राहत तथा शैक्षिक सामग्री वितरण गरेको छ। 

गरिबीको मारमा रहेका मुुसहर समुदायका करिब एक सयभन्दा बाढी पीडित परिवारलाई नेविसंघले चामल, दाल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरेको हाे।

त्यस्तै, बस्तीका १२० भन्दा बढी विद्यार्थीका लागि पाठ्यसामग्री वितरण गरेको छ। प्रभावित क्षेत्रका सबै विद्यार्थीलाई पाठ्यसामग्री वितरण अभियान संचालन गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए।

यस अभियानले दश हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुनेछन्। तरार्इका ३१ जिल्लाकाे १ हजारभन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अभिभावकलाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामाग्रीलगायतका सामग्री दाता र नेविसंघका स्वयम्सेवकबाट संकलन गरी वितरण गरिएको नेविसंघका मुख्य चिव डिल्ली हमालले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell