
काठमाडौं : आयोजक नेक्सस क्रिकेट एकेडेमी (एनसीए) गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप यू-१९ टी-२० क्रिकेट प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ।
शनिबार टुडिखेलमा भएको खेलमा आयोजक एनसीएलाई ३९ रनले पराजित गर्दै हिमालय क्रिकेट एकेडेमी (एचसिए) क्वाटरफाइनलमा प्रवेश गरेको हो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा आयोजकको अर्को टिम ओमेगा कलेजसँग पराजित हुँदै बाहिरिसकेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको हिमालय क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १ सय ३१ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको आयोजक एनसिएले ९२ रनमा समेटिदा एचसिए ३९ रनले विजयी भएको हो।
शनिबारै भएको पहिलो खेलमा सगरमाथाले आरसिएलाई ६४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिला व्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो।
जवाफी व्यटिङ गरेको आरसिए १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदा ६५ रनमा समेटिएको थियो।
१६ टिमले भाग लिएको प्रतियोगिता २४ गतेसम्म नकआउट आधारमा सञ्चालन भइरहेका छन्।