PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

काठमाडौं नेशनल कलेजलाई झड्का, सम्बन्धन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको निर्देशन



सागर बुढाथोकी

काठमाडौं नेशनल कलेजलाई झड्का, सम्बन्धन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल बन्द हुनै भएको छ। स्वास्थ्य मन्त्रालयले कलेजको शिक्षण अस्पताल बन्द गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको अनुगमन समितिले पूर्वाधार पुरा नगरेको र स्वीकृति नलिई अस्पताल सञ्चालनमा रहेको पाएपछि बन्द गर्न सुझाव दिएको हो।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले साउन १३ गते काठमाडौं नेशनललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको थियो। पूर्वाधारविहिन सुनसान र स्वीकृति नै नलिई अस्पताल चलाएको कलेजलाई सम्बन्धन दिएको भन्दै समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले भदौ ६ गते ८ सदस्यीय अनुगमन समिति गठन गरेको थियो।

समितिमा डा दीपेन्द्ररमण सिंह, डा गुणराज लोहनी, डा भोलाराम श्रेष्ठ, औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकाल, जनस्वास्थ्य प्रयोगशालाकी डा रुना झा, वीर अस्पतालका रेडियोलोजिस्ट डा स्वयंप्रकाश पण्डित, नर्सिङका तर्फबाट कविता अर्याल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा सदस्य थिए।

अनुगमन समितिले अस्पतालको स्थलगत अध्ययनपछि शनिबार स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा काठमाडौं नेसनल अस्पताल मन्त्रालयबाट सञ्चालन स्वीकृति नलिई चलिरहेकाले नियमअनुसार अस्पतालको सेवा बन्द गर्न सुझाव दिइएको छ।

‘सञ्चालन स्वीकृति नलिई चलेका अस्पताललाई गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयको सहयोगमा बन्द गर्न सकिने व्यवस्था रहेकाले काठमाडौं नेसनलको सेवा सञ्चालन बन्द गर्न गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नुपर्ने देखिन्छ।’ प्रतिवेदनमा उल्लेख छ, ‘काठमाडौं नेसनल अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थपना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संशोधन) विपरीत सञ्चालनमा रहेकाले तत्कालै अस्पतालको सेवा बन्द गर्नुपर्ने उल्लेख छ।

पूर्वाधार नपुगेको, सम्बन्धन पाएलगत्तै धमाधम सामान ल्याउन थालेको, बिरामी संख्या नै नभएको र अस्पतालका लागि भवन समेत अनुपयुक्त रहेको अनुगमनमा फेला परेको उल्लेख छ।
 

डिस्काउन्टको विज्ञापन छापिए पनि नेशनल मेडिकल कलेज सुनसान, हेर्नुस् फोटो

 

नेशनल कलेजले कसरी पायो सम्बन्धन? आइओएम डिन भन्छन्- 'जानकारी छैन'

 

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग

 

नेशनल मेडिकल कलेज सम्बन्धन विवादः चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

 

नेशनल कलेजको अनुगमन स्वास्थ्य मन्त्रालयले गर्ने



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell