PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

काठमाडौँ नेशनल कलेज : त्रिविबाट सम्बन्धन स्थगन, स्वास्थ्य मन्त्रालय फिर्ताकै पक्षमा



सागर बुढाथोकी

काठमाडौँ नेशनल कलेज : त्रिविबाट सम्बन्धन स्थगन, स्वास्थ्य मन्त्रालय फिर्ताकै पक्षमा

काठमाडौँ :  त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताललाई दिएको सम्बन्धन तत्कालको लागि स्थगन गर्ने भएको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम भए/नभएको छानबिन गर्न त्रिविले समिति गठन गर्ने जनाएको छ।

 त्यसरी गठन गरेको समितिको छानविन प्रतिवेदन प्राप्त नभएसम्मका लागि सम्बन्धन स्थगन गर्ने त्रिविले जनाएको छ। त्रिविले जारी गरेको प्रेस विज्ञप्तिमा  सरकारका विभिन्न अंगहरुबाट निर्देशन आएकाले सम्बन्धन दिएको उल्लेख छ। प्रतिवेदनले बताए अनुसार नै कलेजको सम्बन्धन दिने या नदिने विषयमा त्रिवि अघि बढ्ने बताइएको छ।

यसैबीच शनिबार नै स्वास्थ्य मन्त्रालयले कलेजको शिक्षण अस्पताल बन्द गर्न गृह मन्त्रालयलाई पत्राचार गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको अनुगमन समितिले पूर्वाधार पुरा नगरेको र स्वीकृति नलिई अस्पताल सञ्चालनमा रहेको पाएपछि बन्द गर्न सुझाव दिएको हो।

अनुगमन समितिको प्रतिवेदनले काठमाडौं नेसनल अस्पताल मन्त्रालयबाट सञ्चालन स्वीकृति नलिई चलिरहेकाले नियमअनुसार अस्पतालको सेवा बन्द गर्ने सुझाव दिइएको छ।

‘सञ्चालन स्वीकृति नलिई चलेका अस्पताललाई गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयको सहयोगमा बन्द गर्न सकिने व्यवस्था रहेकाले काठमाडौं नेसनलको सेवा सञ्चालन बन्द गर्न गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘काठमाडौं नेसनल अस्पतालले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थपना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संशोधन) विपरीत सञ्चालनमा रहेकाले तत्कालै अस्पतालको सेवा बन्द गर्नुपर्ने देखिन्छ।'

पूर्वाधार नपुगेको, सम्बन्धन पाएलगत्तै धमाधम सामान ल्याउन थालेको, बिरामी संख्या नै नभएको र अस्पतालका लागि भवन समेत अनुपयुक्त रहेको अनुगमनमा फेला परेको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell