PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

ईद धार्मिक सहिष्णुता र सद्भावको पर्याय: राष्ट्रपति



पहिलोपोस्ट

ईद धार्मिक सहिष्णुता र सद्भावको पर्याय: राष्ट्रपति

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण धर्मावलम्बीलार्इ सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न योगदान पुर्‍याएको उल्लेख गरेकी छन्।

सन्देशमा भनिएको छ, “भाषा, धर्म, कला, परम्परा र रीतिरिवाज, सांस्कृतिक सम्पन्नता मुलुकको सभ्यता र पहिचानका जीवन्त सूचक हुन् ।

नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ भन्दै बकर ईद पर्वको सबैमा शुभकामना छ।” दिएकी छन् । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell