PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

धारिलो हतियार प्रयोग गरी पाल्पामा युवकको हत्या



पहिलोपोस्ट

धारिलो हतियार प्रयोग गरी पाल्पामा युवकको हत्या

पाल्पा: रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ। हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन्।

खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासी धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याए पनि उनको बाटैमा मृत्यु भएको थियो।

कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ। पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell