PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

विश्वकप छनोट : इटलीमाथि स्पेनको शानदार जित, इस्कोको दुई गोल



पहिलोपोस्ट

विश्वकप छनोट : इटलीमाथि स्पेनको शानदार जित, इस्कोको दुई गोल

रियल मड्रिडका खेलाडी इस्कोले दुई गोल गरेपछि विश्वकपको युरोपेली छनोटमा स्पेनले इटली विरुद्ध शानदर जित हासिल गरेको छ। गएराती भएको समूह जी को खेलमा स्पेनले इटलीलाई ३-० ले हरायो।

यसपछि विश्वकपक छनोटमा इटलीको ५६ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ। सन् २००६ यता इटलीले यसअघि छनोटमा कुनै खेल गुमाएको थिएन।

स्पेनका लागि इस्कोले पहिलो हाफमै दुई गोल गरे भने वैकल्पिक खेलाडी अल्भारो मोराटोले दोस्रो हाफमा एक गोल थपे।

यस्तै सन्यासबाट फर्किएका स्पेनका कीर्तिमानी गोलकर्ता डेभिड भिया ९०औँ मिनेटमा इस्कोलाई रिप्लेस गर्लै मैदान छिरेका थिए।

जितपछि ७ खेलबाट १९ अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ भने इटली समान खेलबाट १६ अंकका साथ दोस्रोमा छ।

समूह जी कै अन्य खेलमा अल्वानियाले लिचेस्टाइनलाई २-० ले मेसोडोनियाले इजरायललाई १-० ले हराएको छ।

यसै गरी समूह डी को खेलमा सर्वियाले माल्दोभालाई ३-० ले, वेल्सले अष्ट्रियलाई १-० ले हराउँदा जर्जिया र आयरल्याण्डले बराबरी खेलेका छन्।

समूह आइको खेलमा युक्रेनले टर्कीलाई २-० तथा फिनल्याण्डले आइसल्याण्डलाई १-० ले परागिज तरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell