PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

एमालेले एक महानगर र दुर्इ उपमहानगरका उम्मेद्वार टुङ्गो लगायो



पहिलोपोस्ट

एमालेले एक महानगर र दुर्इ उपमहानगरका उम्मेद्वार टुङ्गो लगायो

काठमाडौं: नेकपा एमालेले प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेद्वार चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले उम्मेद्वार चयन गरेको हो।

अन्य स्थानका उम्मेद्वार चयनका लागि एमाले स्थायी समितिको बैठक आज अपरान्ह ४ बजे पार्टी अध्यक्षको निवास बालकोटमा बस्ने भएको पार्टी कार्यालयले जानकारी दिएको छ।

एमाले स्थायी कमिटीको बैठकले असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार निम्नानुसार चयन भएका छन्:

वीरगञ्ज महानगरपालिका
प्रमुख – वसुरिद्धिन अन्सारी
उपप्रमुख – सोफिया आचार्य

कलैया उपमहानगरपालिका
प्रमुख – विनोद साह
उपप्रमुख – प्रतिमा यादव

जितपुर सिमरा उपमहानगरपालिका
प्रमुख – कृष्ण पौडेल
उपप्रमुख – सरस्वती चौधरी

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell