PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

को-को बने विरगञ्जका 'स्कूल प्रिन्स एण्ड प्रिन्सेस'?



राधेश्याम पटेल

को-को बने विरगञ्जका 'स्कूल प्रिन्स एण्ड प्रिन्सेस'?

वीरगञ्ज: स्कूल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिताको दोस्रो संस्करण शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। जुनियर र सिनियर विधामा भएको प्रतियोगिताको अन्तिम चरणमा जुनियर प्रिन्सेसतर्फ एनी सिंहले उपाधी हात पारिन् भने सिनियरतर्फ सज्जा चौलागाई विजेता भइन्। त्यस्तै जुनियर प्रिन्सतर्फ कोसिस लामा शिर्ष विजेता ठहरिए र आशुतोष सुद सिनियर विधाको विजेता भए।

गत वर्षदेखि वीरगञ्जको क्यानन बेल इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियागिताको जुनियर प्रिन्सेसको फस्ट रनर्सअप रोहिनी शाक्य र निशा मिश्रा सेकेन्ड रनर्सअप घोषित भए। जुनियर प्रिन्सतर्फ प्रसिद्ध मैनाली फस्ट रनर्सअप र उत्कृष्ठ तिवारी सेकेन्ड रनर्सअप भए। सिनियर समुहमा प्रिन्सेसतर्फ सुस्मिता श्रेष्ठ फस्ट रनर्सअप, गुनगुन मिश्रा सेकेन्ड रनर्सअप घोषित भए। त्यस्तै प्रिन्सतर्फ अंकित खतिवडा फस्ट रनर्सअप र शरण श्रेष्ठ सेकन्ड रनर्सअप भए। सिनियरका विजेताले ११ हजार नगदसहित प्रमाण पत्र, ट्रफी र प्रमाण पत्र पाए।

आयोजक संस्थाका कार्यकारी निर्देशक दिपेश निरौलाको सभापत्विमा भएको कार्यक्रममा युवा उद्यमी अरविन्द्र आमात्य, मिस परसानिलिटि यूनिभर्स लन्डन २००८ रेजिना तुलाधर, मिस टिन कलेज २०१५ नेपालकी कुसुम थापा मगरले निणार्यकको भुमिका निर्वाह गरेका थिए। प्रतियोगितामा वीरगञ्जको ४५ वटा स्कूलका कक्षा २ –७ सम्ममा पढ्ने ६७ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell