PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बग्दादस्थित ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा सात जनाको मृत्यु



रासस

बग्दादस्थित ऊर्जा केन्द्रमा भएको आत्मघाती आक्रमणमा सात जनाको मृत्यु

इराक :  इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आत्मक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको ऊर्जा केन्द्रमा गरेको आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । 

सैनिक पोशाक र ग्रिनेडसहित सशस्त्र हतियारधारी तीन जनाले गरेको आक्रमणमा सात जनाकाे मृत्यु र १२ घाइते भएका इराकी अधिकारी जानकारी दिएका छन्। 

राजधानी बग्दादबाट करिब एक कि मि उत्तरमा रहेको समार्रा क्षेत्रमा अवस्थित ऊर्जा केन्द्रमा सैनिक पोशाकमा आएका आक्रमणकारीहरु सजिलै प्रवेश गरेका प्रहरीले जानकारी दिएका छन्। 

खु्ट्टामा गोली लागेर अस्पताल भर्ना भएका ऊर्जा केन्द्रका कामदाकाअनुसार स्थानीय समयानुसार शनिबार बिहान २ बजे गोली प्रहार भएको र आफू निन्द्राबाट व्यूँझिएको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell