PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

अफगानिस्तानको वार्ता प्रस्तावको पाकिस्तानद्वारा स्वागत



रासस

अफगानिस्तानको वार्ता प्रस्तावको पाकिस्तानद्वारा स्वागत

इस्लामावादः अफगान राष्ट्रपति अस्ररफ घानीले पाकिस्तानसँग विस्तृत वार्ताका लागि तयार भएको विज्ञप्ति प्रकाशित गरेपछि पाकिस्तानले स्वागत गरेको छ। 

राष्ट्रपति घानीले मुस्लिमको पर्व इद उल अदाको उपलक्ष्यमा दिएको एक सन्देशमा पाकिस्तानसँग शान्तिवार्ता अफगानिस्तानको राष्ट्रिय एजेन्डा भएको बताएका छन्। 

पाकिस्तानको विदेश मन्त्री खवाजा मुहमद सरिफले अफगान राष्ट्रपतिको यस अभिव्यक्तिकाे अभिवादन गरेका छन्। पाकिस्तानले पनि अफगानिस्तानसँग वार्ता गर्ने चाहाना रहेको उनले बताएका छन्। 

पाकिस्तानले हाम्री अफगानिस्तानमा शान्ति र स्थायित्व देख्न चाहान्छौँ। यसका लागि पाकिस्तानले आफ्नोतर्फबाट सक्दो योगदान र सहयोग गर्ने विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यसअघि पनि पाकिस्तान र अफगानिस्तानबीच विभिन्न चरणका वार्ता भईसकेको मन्त्री सरिफले बताएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell