PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेशनल कलेजको सम्बन्धन खारेजको पक्षमा डा. केसी : भन्छन्, ‘स्थगनले अनसन रोकिँदैन’



सागर बुढाथोकी

नेशनल कलेजको सम्बन्धन खारेजको पक्षमा डा. केसी : भन्छन्, ‘स्थगनले अनसन रोकिँदैन’

काठमाडौं : डा. गोविन्द केसीले काठमाडाैं नेशनल कलेजको सम्बन्धन स्थगन गरेकै आधारमा भदौ २१ गते बस्ने अनशन फिर्ता नलिने बताएका छन्। नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्नु पर्ने उनको माग छ। १२ औँ अनसनको माग यथावत रहेकाले ती पुरा नगरेसम्म अनसनको बिकल्प नभएको उनले बताएका छन्।

डा. केसीलाई उद्धित गर्दै सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाएन्सका डाक्टर अभिषेक राज सिंहले भने, ‘यो सबै झुक्याउने काम हो। प्रतिवेदनदेखि लिएर सम्बन्धन सबै कानुन विपरित छ। स्वीकृती बिना अस्पताल सञ्चालन गरेको छ। भवनको पूर्वाधार केही छैन्। त्यसैले समबन्धन खारेज नभएसम्म सत्याग्रह स्थगित हुँदैन्।’

सिंहका अनुसार देशमा बाढिपहिरोले सताएपछि डा. केसीले अनशन स्थगित गरे पनि त्यसपछी सरकारबाट माग पुरा गर्न कुनै पहल भएको छैन्। त्यसैले पनि डा. केसी अनसन बस्न बाध्य छन्। पटक पटक सरकारले केसीलाई झुक्याएकाले यो पटक नझुक्किने डा. केसीले बताएको सिंह बताउँछन्।

'१२औँ अनसन स्थगित गरेसँगै सरकार डा. केसीको माग पुरा गर्न निष्क्रिय भयो। वार्ता टोलीले बोलाएनन् हामीले चासो राख्दा मौन बस्यो।’ सिंह भन्छन्, 'नेशनल कलेजलाई सम्बन्धन दिने डिजाइनर शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ हुन्। डा. केसीको माग पुरा नगर्नको लागि भाड्ने पनि उनी नै हुन् । उनको कारण डा. केसीको माग पुरा हुन नसकेको हो।’

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई दिएको सम्बन्धन तत्कालको लागि स्थगन गर्ने भएपछि डा. केसीले यस्तो प्रतिक्रिया दिएका हुन्। हिजो शनिबार त्रिवीले तत्कालका लागि कलेजको सम्बन्धन स्थगन गर्ने बताए पनि स्वास्थ्य मन्त्रालयले नेशनल कलेजको सम्बन्धन रोक्न गृह मन्त्रालयलाई पत्राचार गर्ने बताएको छ।

डा. केसीले १२औँ अनशन २३ दिनपछि गत साउन ३१ गते स्थगित गरेका थिए। देशमा बाढीपहिरोले सताएपछि अनसन स्थगित गरेका उनले तत्काल माग पुरा नगरे केही दिनमै फेरि अनसन सुरु गर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell