PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अभिनेता विपिन कार्कीको 'बाँदर प्रकरण'



पहिलोपोस्ट

अभिनेता विपिन कार्कीको 'बाँदर प्रकरण'

काठमाडौं: फिल्म छड्केमा विन्दु माझी, पशुपतीप्रसादमा भष्मे डन, फिल्म जात्रामा फणिन्द्रको रुपमा र कालो पोथीमा जड्याहाको चरित्र निभाएर दर्शक र फिल्मकर्मी माँझ भर्सट्यालिटीको छाप छोड्न सफल अभिनेता हुन् विपिन कार्की। मोरङबाट काठमाडौं पढ्न आएका कार्कीको रङ्गमञ्च र फिल्मी पर्दाको अभिनय यात्राबारे विभिन्न अन्तरवार्ताहरुमार्फत जानकारी पाइयो। तर उनीसँग जोडिएको एउटा रोचक 'बाँदर प्रकरण' छ। जसलाई लेखक कुमार नगरकोटीले आफ्नो संस्मरात्मक कृती 'दोचा'मा उल्लेख गरेका छन्।

विपिन कार्कीले कुनै समय एउटा भाले बाँदर पालेका रहेछन्। त्यो बाँदरको नाम राखिदिए 'मान्छे'। सानैदेखि पालेको मान्छे (बाँदर) हुर्किएसँगै बदमाशी सुरु गर्यो। युवती देख्ने बित्तिकै जिस्काउँने बानीले कार्की नै हैरान भए। बाँदरले अश्लिल हर्कतसमेत देखाउँन थालेपछि भने विपिन वाक्क भए। छिमेकीहरुले पनि उनले पालेको बाँदरका कारण सास्ति भोग्न पर्‍यो। बाँदरले ज्यादै दु:ख दिएर उपद्रो मच्चाउन थालेपछि कार्कीले बाँदरलाई बोरामा पोको पारे र फालिदिए।

विपिन कार्की र कुमार नगरकोटी एकसाथ फिल्म 'लालपूर्जा'मा देखिँदै छन्। निगम श्रेष्ठ अभिनित फिल्ममा नगरकोटी अतिथि लेखक कलाकार हुन् भने विपिन कार्की र सौगात मल्ल मुख्य दुई पात्र। फिल्ममा कार्की ॐ नरसिंहको भूमिकामा देखिँदै छन्। फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell