PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

बहिनी रेहा कपूरको फिल्ममा दिदी सोनाम कपूर नायिका, फिल्म अब फ्लोरमा



पहिलोपोस्ट

बहिनी रेहा कपूरको फिल्ममा दिदी सोनाम कपूर नायिका, फिल्म अब फ्लोरमा

बलिउड अभिनेता अनिल कपूरकी छोरी रेहा कपूर आफ्नो नयाँ प्रोजेक्ट छायांकनका लागि फ्लोरमा उत्रिएकी छिन्। फिल्म 'विरे दि वेडिङ' निर्माण घोषणा भएको झण्डै डेढ वर्षपछि छायांकन हुने भएको हो। फिल्म एक वर्षअघि नै सुटिङ हुने भनिए पनि मुख्य अभिनय रहेको करिना कपूरको गर्भावस्थाका कारण प्रोडक्शन अघि बढेको थिएन।

फिल्ममा करिना कपूरसँगै सोनाम कपूरको पनि मुख्य अभिनय रहनेछ। फिल्मको लागि सेटसमेत तयार भैसकेको बलिउड हंगामा जनाइएको छ। छोरा तैमूरको लागि फिल्मबाट केही समय ब्रेक लिएकी करिना सेप्टेम्बर एकमा दिल्ली पुगेको जनाइएको छ।

फिल्म बारेमा उत्साही रेहा कपूर भन्छिन्,'हामी पुरै टिम सुटिङका लागि उत्साहित छौं। दिल्लीको 'कि लोकेशन'हरुमा फिल्म खिचिनेछ।'विरे दि वेडिङलाई सशांक घोषले निर्देशन गर्दैछन् भने रेहा कपूर, एकता कपूर र निखिल द्विवेदीको संयुक्त निर्माण रहनेछ।

'क्लिक फ्लिक' जनरा बताइएको फिल्म लभ र रोमान्स केन्द्रित हुनेछ। निर्माण युनिटले महिला दर्शकलाई केन्द्रमा राखेको फिल्मी निर्माण गर्न लागेकाे हाे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell