
चितवनः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।
चितवनको भरतपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रदेश नम्बर दुईमा पनि एमाले पहिलो पार्टी बन्ने र त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरे।
उनले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर संसदको निर्णय फेरि सच्याउँछु भन्नु हास्यास्पद भएको टिप्पणी गरे।
ओलीले दुई दिन अघिको निर्णयलाई विदेशमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले राजिनामा दिनु उचित हुने बताए।
ओलीले राज्यको अधिकार प्रयोग गरेर सरकारले भ्रष्टाचार गरेको आरोपसमेत लगाए। उनले भने,‘नेपाल आयल निगमले जग्गा खरिदमा ठूलो भ्रष्टाचार गरेको खबर आइरहँदा पनि यसमा राजनीतिक दल मौन बस्नु यसैको उदाहरण हो।’