PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कांग्रेस र माओवादी केन्द्रबाहेक अरु शक्तिसँग सहकार्य हुन्छः कमल थापा



रासस

कांग्रेस र माओवादी केन्द्रबाहेक अरु शक्तिसँग सहकार्य हुन्छः कमल थापा

भीमदत्तनगर :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसँग सहकार्य गर्ने बताएका छन्। 

कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका अन्य राष्ट्रवादी शक्तिसँग निर्वाचनमा सहकार्य हुने बताए। 

सरकारले मंसिरमा एउटै मिति घोषणा गरे पनि लगत्तै दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन गर्ने तयारीकाे शंका व्यक्त गर्दै थापाले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठेकाे बताए। 

उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरण छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरे।

उनले आगामी दिनमा मेची महाकाली जागरण अभियान, सातै प्रदेशमा सनातन धर्म सभालगायत कार्यक्रम गर्ने तयारीमा पार्टी जुटेको जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell