PahiloPost

Jun 24, 2026 | १० असार २०८३

खोलाले बगाएर झापामा एक जनाको मृत्यु, एक बेपत्ता



रासस

खोलाले बगाएर झापामा एक जनाको मृत्यु, एक बेपत्ता

झापा :  खोलाले बगाउँदा झापामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। 

कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ। शनिबार साँझ खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए। 

त्यस्तै, कमल खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–३ का ७१ वर्षीय हस्तबहादुर लिम्बू बेपत्ता भएका छन्। खोला तर्ने क्रममा लिम्बूलाई बगाएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell