कपिलवस्तु : वैदेशिक रोजगारीकाे सिलसिलामा साउदी अरब पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईको मृत्युपछि परिवार शोकमा डुबेको छ।
साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो।
साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन्।
घटना भएको अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकानी गरेकी उनकी श्रीमती सुबास्ना अर्को दिन अकस्मात् श्रीमानाको निधन भएको खबरले अचेत छिन्।
काठमाडौंको सलमानी म्यानपावरबाट दुई वर्षअघि साउदी पुगेका पछाई त्यहाँ इलेक्ट्रिक कम्पनीमा काम गर्दै आएका थिए। उनका चार वर्षका छोरा र दुई वर्षकी छोरी छन्। रासस