PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

स्पोर्ट्स अवार्ड : चार विधाका विजेतालाई मोटरबाइक, को बन्ला भाग्यमानी प्रशिक्षक?



पहिलोपोस्ट

स्पोर्ट्स अवार्ड : चार विधाका विजेतालाई मोटरबाइक, को बन्ला भाग्यमानी प्रशिक्षक?

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा पहिलो पटक उत्कृष्ट हुने प्रशिक्षकले मोटरबाइक पुरस्कार पाउने भएका छन्।

यसअघिका संस्करणमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका विजेताले मात्र मोटरबाइक पाउँथे। अब थप एक विधाका विजेताले पनि बाइक पाउने भएका छन् र त्यो प्रशिक्षक विधा रहेको छ।

गत संस्करणसम्म तीन विधाका विजेताले मात्र मोटरबाइक पाएका थिए।

स्पोर्ट्स अवार्ड २०७३ का लागि आइतबार सार्वजनिक गरिएको मनोनयनमा उत्कृष्ट प्रशिक्षकतर्फ फुटबलबाट योतुकु कोजी र मेघराज केसी पर्न सफल भएका छन् भने क्रिकेटबाट जगत टमाटा, एथ्लेटिक्सबाट पुष्पराज ओझा र ब्याड्मिन्टनबाट किरण थापा रहेका छन्।

यी मध्ये भदौँ २६ गतथ हुने अवार्ड समारोहमा उत्कृष्ट चुनिने एक जनाले बजाज पल्सर मो६रबाइक पुरस्कार पाउनेछन् र त्यो प्रशिक्षक स्पोर्ट्स अवार्डको इतिहासमा मोटरबाइक पुरस्कार पाउने पहिलो प्रशिक्षक बन्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell