PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन असोजमा हुने



रासस

काठमाडौं :  शिक्षा मन्त्रालयले आगामी असोज २६ र २७ गते ‘प्रथम सामुदायिक र सार्वजनिक पुस्तकालय सम्मेलन’ गर्ने भएको छ। 

सामुदायिक र सार्वजनिक पुस्तकालय बीच अनुभव आदानप्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको शिक्षा मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादव निरौलाले जानकारी दिए।

उनका अनुसार सम्मेलनमा प्रत्येक जिल्लाबाट कम्तीमा एक सामुदायिक र सार्वजनिक पुस्तकालयको सहभागिता हुनेछ। सम्मेलनबाट नेपालमा रहेका सामुदायिक र सार्वजनिक पुस्तकालयको यकिन तथ्यांक पनि आउने छ। 

अहिले नेपालमा कति पुस्तकालय छन् भन्ने तथ्यांक नभएको निरौलाले बताए। अहिले करिब एक हजारको संख्यामा पुस्तकालय रहेको बताइए पनि वास्तविक कति रहेको छ, भन्ने थाहा हुन सकेको छैन।

सम्मेलनमा पुस्तकालयका समस्या पहिचान गरी राज्यकातर्फबाट गर्न सक्ने सहयोग पनि उपलब्ध गराइने उनले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell