PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्छ : परराष्ट्रमन्त्री



पहिलोपोस्ट

नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीचको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन्।

नेपाल भारत महिला मैत्री समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–भारतका जनता–जनता बीच रही आएको सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए।

सरकार–सरकार बीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ, तर जनस्तरको सम्बन्ध सधै महत्वपूर्ण हुन्छ, परराष्ट्रमन्त्री महराले भने, ‘मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधै प्रवद्र्धन गर्नुपर्छ ।’ 

नेपाल–भारत बीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री महराले भने,‘ भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजा महाराजाको समयमा छैन, त्यस कारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell