PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

६८ लाखभन्दा बढी प्रतिवन्धित भारतीय मुद्रा काठमाडौंमा बरामद, दुई जना पक्राउ



पहिलोपोस्ट

६८ लाखभन्दा बढी प्रतिवन्धित भारतीय मुद्रा काठमाडौंमा बरामद, दुई जना पक्राउ

काठमाडौं : प्रहरीले बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

विषेश सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले ६८ लाख २० हजार भारतीय नोट बरामद गरेको हो। पक्राउ पर्नेमा बाँके कोहलपुरकी ४१ वर्षीय कृष्ण कुमारी शर्मा र गोरखाका २९ वर्षीय अर्जुन भण्डारी रहेका छन्।

भारत सरकारले प्रतिबन्द लगाएको हजार र ५ सयका ६८ लाख २० हजार पुराना नोट सहित २ जना पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी रविन्द्र धानुकले बताए।

पक्राउ पर्ने दुवै जना नोटको कारोबारी गर्ने भरिया मात्र रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले उक्त रकम १ सय भारतीय बराबर ७० रुपैयाँमा सटही गर्ने गरेको अनुसन्धानमा खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell