
काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरे पल्सर स्पोर्ट्स अवार्ड-२०७३ को मनोनयनमा फुटबल हावी भएको छ।
आइतबार सार्वनजिनक गरिएको ४ विधामध्ये फुटबलबाट सर्वाधिक ५ जना वर्षको उत्कृष्ट खेलाडी/प्रशिक्षकको मनोनयनमा परेका छन्।
जसमध्ये वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवामा एक-एक खेलाडी छन्, भने प्रशिक्षकमा दुई जना छन्।
यस्तै फुटबलपछि एथ्लेटिक्सबाट ४ जना मनोनयनमा पर्न सफल भएका छन्। जसमा महिलातर्फको उत्कृष्टमा दुघ खेलाडी छन् भने पुरुष र प्रशिक्षकमा एक-एक जना छन्। त्यसबाहेक क्रिकेट र ब्याड्मिन्टनबाट समान ३ जना मनोनयनमा छन्। यस्तै भलिबलबाट २ तथा आर्चरी, जुडो र भारोत्तोलनबाट १-१ जना मनोनयनमा छन्।
वर्षको उत्कृष्ट खेलाडी पुरुषमा फुटबलका किरण कुमार लिम्बुसँगै क्रिकेटका शरद भेषावकर, भलिबलका मान बहादुर श्रेष्ठ, ब्याड्मिन्टनका रत्नजित तामाङ र एथ्लेटिक्सका सोमबहादुर कुमाल छन्।
यस्तै महिलातर्फ फुटबलकी सावित्रा भण्डारीसँगै एथ्लेटिक्सकी कान्छीमाया कोजु र सरस्वती भट्टराई, आर्चरीकी ज्ञानु अवाले र ब्याड्मिन्टनकी नङ्सल तामाङ छिन।
युवातर्फ फुटबलकै अनन्त तामाङसँगै क्रिकेटका दीपेन्द्र सिंह ऐरी, भलिबलकी प्रतिमा माली, जुडोकी मनिता प्रधान श्रेष्ठ र भारोत्तोलनकी कमला श्रेष्ठ छिन्।
यस्तै प्रशिक्षकतर्प फुटबलका योतुकु कोजी र मेघराज केसीसँगै क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका पुष्पराज ओझा र ब्याड्मिन्टनका किरण थापा छन्।
कान्छीमाया र दीपेन्द्र सिंह पिपुल्स च्वाइस अवार्डमा समेत मनोनयनमा परेका छन्।
यसै गरी यसअघि नै सार्जनिक भइसकेको पिपुल्स च्वाइसको मनोनयनमा फुटबल, क्रिकेट र एथलेटिक्स र जुडोसँगै पौडी खेलाडी पनि छनोट भएका छन्।
यी चार विधामा मनोनयलमा परेका खेलाडीहरुका विशेषताहरु :
उत्कृष्ट पुरुष खेलाडी
किरणकुमार लिम्बु, फुटबल
–एएफसी सोलिडारिटी कप च्याम्पियन
–सोलिडनरिटी कप सेमिफाइनलमा लाओससँग टाइब्रेकरमा ३ पेनाल्टी रोकेका
–एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग १ पेनाल्टी बचाउ
–माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित
–बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान, सेमिफाइनलमा मनाङ मर्स्याङ्दीसँगको खेलमा म्यान अफ द म्याच
रत्नजित तामाङ, ब्याडमिन्टन
–दिदी नङ्सलसँगै पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन, अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको पहिलो स्वर्ण
–यूएस ओपन-२०१६ मा प्रि–क्वाटर पुगेका
–नेपाल इन्टरनेसनल सिरिज र बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वाटरफाइनल पुगेका
–सातौं राष्ट्रिय खेलकुदमा मेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिममा गरी ४ स्वर्ण, क्लिन–स्वीप
–पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र राष्ट्रिय खुला ब्याडमिन्टनमा च्याम्पियन
–घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी १० उपाधि र १ मा उपविजेता
–नेपाली पुरुष ब्याडमिन्टनका नम्बर १ खेलाडी
शरद भेषावकर, क्रिकेट
–नौ खेलमा २६४ रन जोड्दै ४ विकेट लिएका
–नटआउट ३ अर्धशतक
–विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध पहिलो खेलमा ५० र दोस्रोमा ७४ रन
–केन्यासँग नटआउट २४ रन बनाई ४ विकेट लिएर नेपाललाई जिताउन महत्वपूर्ण योगदान
–इमर्जिङ टिम्स कपमा हङकङविरुद्ध नटआउट ५५ रन, पाकिस्तानसँग ३८ रन
सोमबहादुर कुमाल, एथलेटिक्स
–ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा १ स्वर्ण, १ रजत विजेता
–४ सय मिटरमा स्वर्ण र ८ सय मिटरमा रजतपदक
–सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण (४ सय मिटर, ८ सय मिटर र ४ गुणा ४ सय मिटर)
–नेपाली एथलेटिक्सका नयाँ स्टार
मानबहादुर श्रेष्ठ, भलिबल
–मालेमा भएको तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कांस्यपदक जित्दा प्रतियोगिताकै बेस्ट आउटसाइड अट्याकरको अवार्ड जितेका
–एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप ढाकामा २ पल्ट म्यान अफ द म्याच
–सातौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक
–प्रधानसेनापति कप, सृजना आमन्त्रण (पोखरा) र सूर्योदय कप (गोरखा) मा च्याम्पियन । चार प्रतियोगितामा उपविजेता
–प्रधानसेनापति र सूर्योदय कपका सर्बोत्कृष्ट खेलाडी। तीन प्रतियोगितामा उत्कृष्ट सर्भर
उत्कृष्ट खेलाडी महिला
कान्छीमाया कोजु, एथलेटिक्स
–हाफ म्याराथन र म्यारथनमा राष्ट्रिय कीर्तिमान
–धनगढी, नेपालगञ्ज, दार्जिलिङ, कान्तिपुर र पिंकाथन हाफ म्याराथनमा पहिलो। शतप्रतिशत सफलता
–काठमाडौंमा म्याराथन २:५५:५७ को कीर्तिमान समयसहित जितेकी
–सातौं राष्ट्रिय खेलकुदमा ५ हजार, १० हजार मिटरमा स्वर्ण र ४ गुण ४ सय मिटर रिलेमा रजत
–११औं मा न्यू ताइपे सिटी म्याराथन ११औं र आफ्नो उमेर समूहमा पहिलो
ज्ञानु अवाले, आर्चरी
–कृष्णमाया स्याङ्तन, आइसा तामाङसगै इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिप २०१७ (फेब्रुअरी ढाका) मा रिकर्भ ७० मिटर टिम स्पर्धामा रजत पदक जितेकी
–ओलम्पिक स्पर्धामा नेपाली महिलाको पहिलो पदक। ज्ञानुले सर्बाधिक ५६४ अंक जोडेकी
–सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण। रिकर्भ ७० मिटरमा ३ सय अंक पार गर्ने पहिलो महिला खेलाडी। ३०३ अंक बनाएकी
–आर्मीकी उनले मिक्स टिम इभेन्टमा पनि रजत जितिन्
–तेस्रो लक्ष्मण श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर प्रतियोगितामा कांस्य
नङ्सल तामाङ, ब्याडमिन्टन
–भाइ रत्नसँगै पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन। अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको पहिलो स्वर्ण। वुमेन्स सिंगल्समा तेस्रो
–बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वाटरफाइनल पुगेकी
–सातौं राष्ट्रिय खेलकुद वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धामा स्वर्ण तथा वुमेन्स डबल्समा कांस्य
–पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र खुला राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन। घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी ७ उपाधि, २ मा उपविजेता र १ मा तेस्रो
–नेपाली महिला ब्याडमिन्टनकी नम्बर १ खेलाडी
सावित्रा भण्डारी, फुटबल
–अन्तर्राष्ट्रिय खेलमा १३ गोल। राष्ट्रिय प्रतियोगितामा २९ गोल
–सिलीगुढीमा भएको चौथो साफ वुमेन्स च्याम्पियनसिपमा सर्बाधिक १२ गोल। मलेसियासँग मैत्रीपूर्ण खेलमा १ गोल
–भुटानसँग ६ गोल गर्दै डबल ह्याट्रिक गर्ने पहिलो नेपाली फुटबलर बनेकी
–प्रधानसेनापति कपमा सर्बाधिक १३ गोल। सर्बोत्कृष्ट खेलाडी। उनको टिम एपीएफ च्याम्पियन
–राष्ट्रिय महिला लिगमा सर्बाधिक १६ गोल
सरस्वती भट्टराई, एथलेटिक्स
–आर्मी यी धाविकाले रियो ओलम्पिकमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडिन्
–४ मिनेट ३३.९४ सेकेन्डमा दौड पूरा गरेकी
–सातौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण। १५ सय, ८ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा सफलता
उत्कृष्ट युवा खेलाडी
दीपेन्द्रसिंह ऐरी, क्रिकेट
–२०७३ सालमा नेपाली टिमका लागि सर्बाधिक ३५७ रन बनाएका। ४ अर्धशतक। ४ विकेट
–राष्ट्रिय टिमबाट ५ खेलमा २ सय ११ रन र ३ अर्धशतक
–विश्व क्रिेकट लिग च्याम्पियनसिपमा केन्यास“ग ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेशविरुद्ध ५६ रन र हङकङविरुद्ध नटआउट ६० रन तथा यू–१९ एसिया कपमा श्रीलंकास“ग ९० रन
अनन्त तामाङ, फुटबल
–एएफसी सोलिडारिटी कप च्याम्पियन
–सेमिफाइनलमा लाओससँग हेडर गोल र उत्कृष्ट बचाउ
–राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन
मनिता श्रेष्ठ प्रधान, जुडो
–कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा कांस्यपदक। ३ खेल जितेर कांस्यसम्म पुगेकी
–सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा स्वर्ण
–अम्बिका मेमोरियलकी सर्बोत्कृष्ट खेलाडी
–एसियन जुडो च्याम्पियनसिप, उज्वेकिस्तानमा सहभागी
कमला श्रेष्ठ, भारोत्तोलन
–आर्मीकी उनले २०७३ सालमा चार राष्ट्रिय कीर्तिमान बनाइन्
–जापानमा भएको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिपमा कुल १४० केजी उचाल्दै सिनियरकै कीर्तिमान तोडेकी
–सातौं राष्ट्रिय खेलकुदमा तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक
–१२ वर्ष पुरानो झन्ट कटवालको समेत २ रेकर्ड भंग गरेकी
–स्न्याच ६६ केजी, क्लिन एन्ड जर्क ७९ केजी गरी कुल १ सय ४५ केजी उचालेकी
–पाँचौं ग्राँ प्रि भारोत्तोलनमा स्वर्णपदक
प्रतिभा माली, भलिबल
–न्यु डायमन्ड एकेडेमीबाट ४ उपाधि जितेकी। खुला भलिबल (लामाचौर), एन्भीए क्लब च्याम्पियनसिप छनोट, आईजीपी कप र दिदी–बहिनी कप (कुश्मा)। सातौं राष्ट्रिय खेलकुदसहित ३ प्रतियोगितामा उपविजेता र १ मा तेस्रो
–४ प्रतियोगितामा बेस्ट प्लेयर, ढोरपाटनमा पपुलर प्लेयर, शेरबहादुर खड्का स्मृतिमा स्पेसल अवार्ड र पोखरा महिला भलिबलमा बेस्ट स्पाइकर
–माल्दिभ्सको मिस्किमागुबाट खेल्दै अल मुदिस वुमेन्स नेसनल च्याम्पियनसिपमा विजेता
–माल्दिभ्समा सर्बोत्कृष्ट बिदेशी खेलाडी। ४ पटक 'क्वीन अफ द म्याच'
–मालेमा भएको महिला विश्वकप छनोटको प्रारम्भिक चरणमा सेकेन्ड बेस्ट आउटसाड अट्याक। नेपालले माल्दिभ्सलाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेकी
उत्कृष्ट प्रशिक्षक
योतोकु कोजी, फुटबल
–नेपाली राष्ट्रिय टिमलाई एएफसी सोलिडारिटी कप च्याम्पियन बनाएको, त्यसैले एसियन कप छनोटमा अवसर प्राप्त
–२०७३ सालका ६ खेलमा नेपाललाई ३ जित, २ बराबरी दिलाएको
पुष्पराज ओझा, एथलेटिक्स
–रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक
–उनकै चेली सरस्वतीले ओलम्पिकमा २६ वर्ष पुराने रकेर्ड तोडेकी
–सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक दिलाउन सफल
–नेपाली एथलेटिक्समा त्रिभुवन आर्मी क्लबलाई नम्बर १ बनाएको
मेघराज केसी, फुटबल
–मंगोलियामा भएको एएफसी कपको प्रारम्भिक छनोटमा मंगोलिया र कम्बोडियाली लिग च्याम्पियनलाई पन्छाउँदै थ्रीस्टार क्लबलाई पहिलो स्थान दिलाएको। अन्तिम प्ले–अफमा छनोट तर खेल्नबञ्चित भएको
–गुवहाटीमा भएको ६४ औं बोर्दोलोई ट्रफिलाई थ्रीस्टारलाई च्याम्पियन बनाएको। फाइनलमा इस्ट बेंगाललाई अतिरिक्त समयमा २–१ ले हराएको
जगत टमाटा, क्रिकेट
–राष्ट्रिय टिमका मुख्य प्रशिक्षक
–विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ६ खेलमध्ये ४ खेल जिताएको
–च्याम्पियनसिपमा नेदरल्यान्ड्सलाई पराजित गर्ने नेपाल एक्लो टिम
–नामिबियाविरुद्ध २ र केन्यासँग १ खेल जितेको
–इमर्जिङ टिम्स कपमा हङकङलाई हराएको
किरण थापा, ब्याडमिन्टन
–पाकिस्तान इन्टरनेसनल सिरिजमा ऐतिहासिक स्वर्णपदक जित्दाका प्रशिक्ष्ँक
–रत्नजित र नङ्सल तामाङले मिक्स डबल्समा ४ खेल जित्दै स्वर्ण हात पारेका थिए
–त्यही सिरिजमा नङ्सलले वुमेन्स सिंगल्समा पनि कांस्य जित्दाका प्रशिक्षक
–नेपाल इन्टरनेसनल सिरिजमा घरेलु टिमका ३ मध्येका एक प्रशिक्षक