PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

राष्ट्रिय फुटसल लिगमा बिजी ब्रदर्रसलाई पहिलो अंक



पहिलोपोस्ट

राष्ट्रिय फुटसल लिगमा बिजी ब्रदर्रसलाई पहिलो अंक

काठमाडौं : राजधानीमा भइरहेको राष्ट्रिय फुटसल लिगमा बिजी ब्रदर्सले पहिलो अंक जोडेको छ।

आइतबार चउर रिक्रिएसनल सेन्टरमा भएको खेलमा ब्रदर्सले किकअफ फुटसलसँग ५-५ को बराबरी खेल्दै अंक जोडेको हो।

चउर रिक्रिएसनलमै भएको अन्य खेलमा खालीबारी फुटसलले बिजी फुटसललाई १-० ले, धनवन्तरी फुटसलले हरिसिद्धि फुटसललाई ५-२ ले तथा खुमलटार युवा क्लबले स्वयम्भू रिक्रिएसनल सेन्टरलाई ५-३ ले हरायो।

यस्तै स्तुपा फुटसलमा भएकव खेलहरुमा ढुकु फुसल हब र आयोजक स्तुपाले ४-४ गोलको बराबरी खेलेका छन् भने रजिनीले चउरलाई ६-५ ले, शंखमुलले सामाखुशीलाई ८-७ ले तथा रेभले फुटसल भिलेजलाई ८-२ ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell