PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कास्कीमा फरार ८ अभियुक्त पक्राउ



नरहरि पौड्याल

कास्कीमा फरार ८ अभियुक्त पक्राउ

पोखराः  अदालतबाट दोषी ठहर भइ फरार रहेका आठ अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

विभिन्न अपराधमा संंलग्न भई अदालतबाट कैद सजाय तथा जरिवाना तोकिएका ८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी पवक्ता खड्गबहादुर खत्रीका अनुसार पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका १ बगर का  ३५ वर्षीय भरत शाही, ३५ वर्षीय संजय शाही, इल्ची पुन, वडा नम्बर २५ हेम्जाका ३५ वर्षीय गणेशबहादुर कुँवर, गोरखा घर भई पोखरा बस्ने विकास गुरुङ, पर्वत आर्थर डाँडाखर्क घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने देउकुमारी गुरुङ, पोखरा सराङकोटका ३२ वर्षीय राजु विक छन्।

प्रहरीका अनुसार पक्राउ परेका भरत शाही र संजय शाहीको लागूऔषध मुद्धामा कैद असुल गर्न २९ दिन बाँकी रहेको छ। 

इल्ची पुनको कैद असुल गर्न ४ वर्ष १० महिना १९ दिन र नगद पाँच हजार जरिवाना असुल गर्न बाँकी रहेको छ।

गणेशबहादुर कुँवर सवारी ज्यान मुद्धामा उच्च अदालत कास्कीको आदेशमा दुई वर्ष कैद असुल गर्न बाँकी रहेको जानकारी प्रहरीले दिएको छ।

अर्का अभियुक्त विकास गुरुङ ज्यान मार्ने उद्योग अन्तरगतको डाँका चोरी मुद्धाका प्रतिबादी हुन्। उनको मुद्धाको फैसला नभएकाले पुर्पक्षमा रहेको प्रवक्ता खत्रीले बताए।

त्यस्तै, देउकुमारी गुरुङ लेनदेन मुद्धाको फरार प्रतिबादी हुन्। उनको एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेको छ।

अभियुक्त राजु बिकले चोरी मुद्धामा ७ दिन कैद भुक्तान र १ लाख २५ हजार जरिवाना बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell