PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

सामान्य प्रशासन मन्त्रालयले भन्यो–कर्मचारी सरुवा रोकिन्न



रासस

सामान्य प्रशासन मन्त्रालयले भन्यो–कर्मचारी सरुवा रोकिन्न

काठमाडौँ  :  सरकारले निर्वाचन आचारसंहिता लागू भएपनि कर्मचारी सरुवा प्रक्रियालाई नरोक्ने जनाएको छ। 

अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए। उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए। 

भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भएपनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ। 

उनले भने,‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक र नभई नहुने ठाउँमा आयोगको सहमति लिएर सरुवा गर्छौँ।’
मन्त्रालयले अहिलेसम्म १२९ अधिकृत सरह र १२७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ। 

ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell