PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

पहिलो गीत सार्वजनिकसँगै फिल्म 'मेला'को रिलिज टार्गेट तय



पहिलोपोस्ट

पहिलो गीत सार्वजनिकसँगै फिल्म 'मेला'को रिलिज टार्गेट तय

काठमाडौं: फिल्म 'मेला' युनिटले रिजिट टार्गेट तय गरेको छ। फिल्म आउँदो कार्तिक २४ गते सार्वजनिक हुने भएको हो। सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्य बिच फिल्म युनिटले रिलिज मिति साथै एक गीतको भ्युडियो समेत सार्वजनिक गर्यो।

अशिष्मा नकर्मी, आमेश भण्डारी र सलोन बस्नेत र निरज श्रेष्ठको मुख्य अभिनय रहेको फिल्मको रिलिज टार्गेटसँगै सार्वजनिक गीतको भिडियोमा पबित्रा आचार्य र गजित विष्टको फिचरिङ रहेको छ। रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका हुन्। गीतमा दिग्गज धुरालीतो शब्द छ।

बसन्त निरौलाको पाँचौ निर्देशन रहेको फिल्मलाई हरी पन्तले लेखन तथा निर्माण गरेका हुन्। फिल्मलाई मनोज मरोडियाले पनि संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मका लागि संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर पबित्रा आचार्य हुन् भने अष्ट महर्जनको द्वन्द्व र साहिल खान र मिलन श्रेष्ठको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell