PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

८८ किलो सुनसहित क्षेत्रपाटीमा एक पक्राउ, अहिलेसम्मकै ठूलो परिमाण



सविन ढकाल

८८ किलो सुनसहित क्षेत्रपाटीमा एक पक्राउ, अहिलेसम्मकै ठूलो परिमाण

काठमाडौं: प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ। रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुनसहित एक जना पक्राउ गरेका छन्। सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखको विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार राति २ बजे सुन बरामद गरेको हो । बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए।


प्रहरीले अधिकारी भरियामात्र भएको हुनसक्ने आशंका गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको लोहनीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell