PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

भिआइपीको लोगोमा भित्र्याइयो ८८ किलो सुन, प्रहरीले यसरी समात्यो

भिआइपीको लोगोमा भित्र्याइयो ८८ किलो सुन, प्रहरीले यसरी समात्यो

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं: प्रहरीले सोमबार बिहान काठमाडौंको क्षेत्रपाटीमा इतिहासकै ठूलो परिमाणमा सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा बिहान २ बजे सुन बरामद गरिएको हो। रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुन विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। 
नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको बताए। राति ११ बजे आफूलाई विशेष सूचना प्राप्त भएपछि टोली परिचालन गरेको जानकारी चन्दले दिए। 

बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीमा भिआइपीको लोगो प्रयोग गरी सुन काठमाडौंसम्म ल्याइएको थियो। 


प्रहरीले गाडीसँगै चालक मनोज अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ। अधिकारी भरियामात्र भएको प्रहरीको अनुमान छ। घटनाको अनुसन्धान जारी रहेको अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपेश लोहनीले बताएका छन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell