PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

'८८ किलो सुन तस्करीमा चिनियाँ नागरिक संलग्न'



पहिलोपोस्ट

'८८ किलो सुन तस्करीमा चिनियाँ नागरिक संलग्न'

काठमाडौं: रसुवा केरुङ नाका हुँदै काठमाडौं भित्र्याएको ८८ किलो सुन तस्करीमा चिनियाँ नागरिक समेत संलग्न भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। 

सुन तस्करीमा संलग्न तथा घटनाबारे जानकारी दिन प्रहरीको अपराध अनुसन्धान महाशाखाले गरेको पत्रकार सम्मेलनमा प्रहरीले तस्करीमा चिनियाँ नागरिक पनि संलग्न रहेको बताएको हो। 

बरामद गरेको सुन ४३ करोड रुपैयाँ बराबरको हो। 

सवारी चालक रहेका मनोज अधिकारी भने मकवानपुर गढी गाउँपालिका ५ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। २४ वर्षीय अधिकारले आफू चालकमात्र भएकाले घटनाबारे कुनै जानकारी नभएको प्रारम्भिक बयान प्रहरीलाई दिएका छन्। 

महाशाखाका एसएसपी दिपेश लोहनीले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell