PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

अभिनेता राजवल्लव कोईरालाकाे 'इन्गेजमेन्ट'



पहिलोपोस्ट

अभिनेता राजवल्लव कोईरालाकाे 'इन्गेजमेन्ट'

काठमाडौं: नेपाली फिल्मकाे अभिनेता राजवल्लभ कोईरालाको इन्गेजमेन्ट भएको छ। आइतबार अमेरिकाको भर्जिनियामा उनको इन्गेजमेन्ट समारोह सम्पन्न भएको हो। पैतिस वर्षीय अभिनेता कोइरालाले झापाकी प्रतिमा बिमलीसँग इन्गेजमेन्ट गरेका हुन्।

प्रतिमा र राजवल्लव दुबै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। प्रतिमा बायो मेडिकल इन्जिनियर रहेको नियो स्टफ्सले जनाएको छ। दुबैको पारिवारिक सदस्य र साथीहरुको उपस्थिति बीच उनीहरुको इन्गेजमेन्ट भएको हो। उनीहरुको आउँदो डिसेम्बरमा विवाह हुने जनाइएको छ। नेपाली फिल्म निर्माता सुरेश दर्पण पोखरेलले प्रतिमा र राजवल्लभको फोटो सार्वजनिक गर्दै बधाई व्यक्त गरेका छन्।



अमेरिकामा बस्दै आएका काेर्इरालेले यसअघि फिल्म हाइवे टु धम्पूसमा अभिनय गरेका थिए। उनको डेब्यु फिल्म पर्खिबसें हो। अन्य फिल्म हाँसीदेउ एकफेर, राघव, पहिलो पहिलो माया, दिवानापन, सम्झना, हे युवा, गुरुदक्षिणा, छाडिगए पाप लाग्ला, कोही त छ, कसम हजुरको, मसान, अपवाद, सो सिम्पल, ऋतु लगायत फिल्ममा अभिनय गरेका छन्। कास्कीका स्थानिय काेर्इराला कलाकारितामा सक्रिय हुनुअघि सञ्चारकर्मी थिए।

फोटो: सुरेश दर्पण पोखरेल 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell