PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

ज्योतिप्रकाशको चित्रकला प्रदर्शनी जसमा प्रयोग भएको छ एउटामात्र रङ्ग



पहिलोपोस्ट

ज्योतिप्रकाशको चित्रकला प्रदर्शनी जसमा प्रयोग भएको छ एउटामात्र रङ्ग

काठमाडौं: कलाकार ज्योतिप्रकाश विश्वकर्माको चित्रकला प्रदर्शनी सुरु भएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्योतिप्रकाशले यो साताबाट ७औँ एकल चित्रकला प्रदर्शनी सुरु गरेका हुन्। राजधानीको नेपाल आर्ट काउन्सिलमा उनको ‘आमा' शीर्षकको प्रदर्शनी सुरु भएको हो।

ज्योती प्रकाशले आफ्नो चित्रकलामा नयाँ प्रयोगका साथ आफू उत्रिएको बताए। भने,‘मेरो देश नै मेरी आमा हुन्। यो शब्दले देशको अवस्थालाई प्रतिनिधित्व गर्छ। देशमा भएका हजारौँ आमाका कथा, व्यथा र यथार्थलाई ‘पेन्टिङ’मा झल्काउन सकिन्छ भन्ने लाग्यो। र यो प्रयास गरेको हुँ।'



प्रदर्शनीमा उनका १५ वटा पेन्टिङ रहेका छन्। सेतोबाहेक अन्य रंग प्रयोग नगरिएको अनौठो चित्र प्रदर्शनी रोचक लाग्ने उनले बताए। प्रदर्शनीमा परावर्तन, दुःखमा बुद्ध, मेरो राहदनी पत्र, ऐश्वर्या, अंकमा मोतिजस्ता चित्र राखिएका छन्। नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले कलाले देश तथा समाजको पहिचान हुने भएकाले यसको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए। भने,'ज्योतिप्रकाशको यो फरक प्रयासले अवश्य केशी योगदान पर्‍याउने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell