PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

तय भयो 'बटरफ्लाई'को प्रदर्शन मिति



पहिलोपोस्ट

तय भयो 'बटरफ्लाई'को प्रदर्शन मिति

काठमाडौं: फिल्म 'बटरफ्लाई'को पनि रिलिज मिति तय भएको छ। फिल्म आउँदो पुस २८ गतेबाट सार्वजनिक हुने भएको हो।

द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म ‘बटरफ्लाई’मा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको छ। फिल्मको पोस्ट प्रोडक्सनको काम भैरहेको फिल्म युनिटले जनाएको छ। रमेश प्रजापति कार्यकारी निर्माता रहेका बटरफ्लाईलाई पाँचजनाको जम्बो टोलीले निर्माण गरेको छ।

सुरेश बज्राचार्यको छायांकन गरेको फिल्मको गीति भिडियोलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन्। त्यस्तै कुमार महर्जनको द्वन्द्व, विकास चौधरी, दिपक शर्माको संगीत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell