PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

अजय देवगानको शिवाय फ्लप भए पनि बादशाहोले तीन दिनमै कमायो ४३ करोड



पहिलोपोस्ट

अजय देवगानको शिवाय फ्लप भए पनि बादशाहोले तीन दिनमै कमायो ४३ करोड

टिकेट काउन्टरमा सफल सुरुवात गरेको अजय देवगानको फिल्म बादसाहोले तीन दिनमा ४३ करोड रुपैयाँ कमाएको छ। आइतबार १५ करोड १० लाख रुपैयाँ बटुल्दै फिल्मले तेस्रो दिनको आम्दानी ४३ करोड ३० लाख पुर्‍याएको हो। 

फिल्ममा अजय देवगानका अतिरिक्त इमरान हासमी, इशा गुप्ता र इलियना डीक्रुज प्रमुख भूमिकामा छन्। 

सोमबार बिहान ट्विट गर्दैं बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले ओपनिङ सप्ताहन्तमा फिल्मले राम्रो आम्दानी गरेको जनाए। उनका अनुसार रिलिजका दिन १२ करोड ६० लाख, शनिबार १५ करोड ६० लाख र आइतबार १५ करोड १० लाख रुपैयाँ कमाएको हो।

२०१६ मा आएको अजयको शिवाय बक्स अफिसमा असफल भएको थियो। त्यसपछिको यो उनको पहिलो रिलिज हो।  ठूलो लगानीको फिल्मले पहिलो सप्ताहन्तमा २३ करोड ८० लाखमात्र कमाएको थियो। करण जोहरको ए दिल है मुसकिलसँग रिलिज भएको थियो अजयको शिवाय।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell