PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

जापानकी राजकुमारीले सर्वसाधारणसँग बिहे गर्न त्यागिन् 'शाही पदवी'



पहिलोपोस्ट

जापानकी राजकुमारीले सर्वसाधारणसँग बिहे गर्न त्यागिन् 'शाही पदवी'

जापानकी एक राजकुमारीले 'सर्वसाधारण'सँग बिहे गर्न शाही पदवी त्याग गरेकी छिन्। सामान्य नागरिकसँग प्रेममा रहेकी उनी प्रणयसुत्रमा बाँधिन राजकीय पद त्याग गर्न तयार भएकी हुन्। 

जापानी राजा अकिहितोकी नातिनी तथा राजकुमारी माको ले केइ कोमुरोसँग बिहे गर्दैछिन्। २५ वर्षकी राजकुमारीले टोकियोको इन्टरनेसनल क्रिस्चियनका सहपाठीसँग बिहे गर्न लागेकी हुन्।

त्यसो त जापानमा महिलालाई गद्दीको उत्तराधिकारी मानिँदैन। 

बिहे पछि शाही पहिचान गुमाउने राजकुमारीले बिहे गर्ने २५ वर्षकै कोमुरा लिगल असिस्टेन्ट हुन् जो ज्याज पियानोका सौखिन पनि हुन्।
  
कोमुरोले राजा अकिहितो उनका परिवारले उनीप्रति देखाएको आदरभावको खुलेर प्रशंशा गरेका छन्। उनीहरुको प्रेम सम्बन्धलाई राजपरिवारले सहर्ष स्वीकारेकोमा उनले धन्यवाद दिए। 

'एउटा फरक परिवारको कल्पना मेरो सोचभन्दा बाहिरको विषय हो, तर म यसलाई खुसहाल बनाउन चाहन्छु,' राजकुमारीले भनेकी छिन्। 
यो जोडीको बिहेको विस्तृत विवरण खुलाइएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell