PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

अस्कर भोट क्याम्पेनिङ लक्षित 'सेतो सूर्य'को अमेरिका प्रदर्शनी



पहिलोपोस्ट

अस्कर भोट क्याम्पेनिङ लक्षित 'सेतो सूर्य'को अमेरिका प्रदर्शनी

अस्कर अवार्ड-२०१८ अन्तर्गत विदेशी भाषा विधाका लागि नेपालबाट छनोट भएको फिल्म सेतो सूर्यको अमेरिकामा नियमित प्रदर्शनी हुने भएको छ। सेप्टेम्बर ६ तारिखबाट अमेरिकी शहरहरुमा फिल्म देखाइने बारे निर्देशक दीपक रौनियारले ट्विटमार्फत जानकारी दिएका हुन्।

'सेतो सूर्य' ६ सेप्टेम्बरदेखि नियमित न्यूयोर्कको म्युजियम अफ मोडर्न आर्टको तितस हलमा प्रदर्शन हुनेछ। त्यस्तै न्यूयोर्क पछि लसएन्जलसमा फिल्मको प्रदर्शन २९ सेप्टेम्बारबाट सुरु हुनेछ।

अमेरिका प्रदर्शनको लागि वितरक किमस्टिमले सहकार्य गर्दैछ। फिल्म प्रदर्शन अस्करको भोटिङ क्याम्पेन लक्षित रहेको छ। दीपकले अमेरिका प्रदर्शनीका लागि पोस्टर सार्वजनिक गर्दै जानकारी दिएका हुन्।
 

सन् २०१६ मा प्रदर्शन भएको सेतो सूर्यलाई दीपक रौनियारले लेखन तथा निर्देशन गरेका हुन्। सोसियो पोलिटिकल ड्राममा दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ लगायतको अभिनय रहेको छ। ८८ मिनेट लामो फिल्म सेतो सूर्यले फ्रिवर्ग फिल्म अवार्डमा मात्र ४ विधामा अवार्ड हात पारेको थियो। यस्तै पाल्म स्प्रिङ फिल्म महोत्सवमा ग्रान्ड जुरी अवार्ड, भेनिस फिल्म फेस्टिभलमा इन्टरफिल्म र बेस्ट गरी दुई अवार्ड र सिंगापूर फिल्म फेस्टिभलमा बेस्ट एसियन फिल्म अवार्ड हात पारेको थियो।

सेतो सूर्यको सहभागिता रहने ९०औं संस्करणको अस्कर २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८ को ४ मार्चना सक्किनेछ। अन्तिम कार्यक्रम क्लालिफोर्नियामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell