PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

नेपाल खेलकुद पत्रकार मञ्चले जित्यो मिडियाकप फुटसलको उपाधि



पहिलोपोस्ट

नेपाल खेलकुद पत्रकार मञ्चले जित्यो मिडियाकप फुटसलको उपाधि

काठमाडौं : सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले जितेको छ। सोमबार भएको फाइनलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित  गर्दै उपाधि जितेको हों।

मञ्चको जीतमा दिल तामाङले २ तथा निशान राई, सुवास हुमगाईं र दिपेन्द्र पोख्रेलले १-१ गोल गरे। माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले सान्तोवना गोल फर्काए।

सोमबार बिहान भएको सेमिफाइनलमा मञ्चले नेपाल टेलिभिजनलाई ५–२ र माउण्टेलन टेलिभिजनले पिजे क्बललाई ३–१ ले हराएको थियो।

खेलकुद पत्रकार मञ्च समूह ए र माउण्टेन टेलिभिजन समूह बी को बिजेता बन्दै अन्तिम चारमा  प्रवेश गरेको थियो।

च्याम्पियन नेपाल खेलकुद पत्रकार मञ्चले नगद ५० हजार र उपविजेता माण्टेन टेलिभिजनले २५ हजार रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल प्राप्त गरे।

स्वर्गीय पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको स्मृतीमा गोल पोष्ट स्पोर्ट् एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागीता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell