PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भन्सार छलेर भारतबाट भित्रिए मोबाइल, प्रहरीले समात्यो ३ जनालाई



पहिलोपोस्ट

भन्सार छलेर भारतबाट भित्रिए मोबाइल, प्रहरीले समात्यो ३ जनालाई
प्रतीकात्मक फोटो

काठमाडौं : भारतबाट भन्सार छली काठमाडौं ल्याइएका विभिन्न कम्पनीका १ सय ३४ थान मोबाइल र केही कपडासहित प्रहरीले ३ जनालाई पक्रेको छ। 

विशेष सुचनाका आधारमा महानगरीय अपराध महाशाखाले स्वयम्भूमा पार्किङ गरी राखेको दिल्ली काठमाडौं चल्ने बस चेकजाँच गर्दा गाडीको डिक्की र छतमा फल्स बटम बनाइ लुकाइछिपाइ राखिएका विभिन्न कम्पनीको मोबाइल बरामद गरेको हो।

प्रहरीले चालक सर्लाही, हरिवन नगरपालिका १० का ३९ वर्षीय बलबहादुर दवाडी, काठमाडौंको शंकरापुर नगरपालिका ४ का ३८ वर्षीय जितेन्द्र डंगोल र दोलखा भीमेश्वर नगरपालिका ४ का ३५ वर्षीय सह-चालक पासाङ लामालाई पक्राउ गरेको महाशाखका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

प्रहरीले गाडीबाट १ सय ३४ थान मोबाइल, कुर्ता र टप्स १ हजार ६ सय १३ थान, फ्रक ३७ थान, कटन पेन्ट १ सय १ थान, लेहेङ्गा १९ थान, सारी १८ थान, कुर्ता सुरूवाल ३७ थान, प्यारालाल सुरूवाल १२ थान बरामत गरेको छ। टोलीले सोही दिन चीनको केरुङ नाका हुँदै अवैध रुपमा भएको ८८ केजी सुन समेत बरामत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell