PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

विद्यासुन्दर शाक्यका १०० दिन, सामाजिक सञ्जालमा शब्द र चित्रको झटारो



पहिलोपोस्ट

विद्यासुन्दर शाक्यका १०० दिन, सामाजिक सञ्जालमा शब्द र चित्रको झटारो

काठमाडौं: स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले गत जेठ १७ गतेबाट कार्यभार सम्हाले। उनले निर्वाचित भएको दिनदेखि १०० दिनभित्र जनताको घरघरमा गएर १०१ काम गर्ने घोषणा पत्र नै सार्वजनिक गरे। उनको घोषणा पत्रमा रहेको एउटा बुँदा थियो 'काठमाडौंलाई १०० दिनमा उत्कृष्ट शहर बनाउने'।

तपाईँले तीन वर्षभित्र मोनो रेल संचालन गर्छु भन्नु भएको थियो। पूरा गर्नुहुन्छ त? पहिलोपोस्टले गरेको प्रश्नमा उनले भनेका थिए, 'मैले पहिले नै भनिसकेको छु। जेजे काम गर्छु भनेको छु गर्छु। मोनो रेल ल्याउँछु।' शाक्यले आफ्नो पहिलो प्राथमिकता सुन्दर र स्वच्छ महानगरपालिका निर्माण हुने समेत बताएका थिए। उनी निर्वाचित भएको आइतबार सय दिन पुरा भएको छ। तर उनले गरेको प्रतिवद्धता कुनै पनि पुरा हुन सकेनन्। न त कुनै काम सुरु भएको नतिजा देख्न सकिन्छ। जसका कारण सामाजिक सञ्जालमा उनीमाथी आक्रोश निकैले पोखेका छन्।

कसैले स्टाटस तथा ट्विट लेखेर त कसैले कार्टुन बनाएर।  विद्यासुन्दर शाक्यलाई व्यङ्ग्य गर्दै गरिएका पोस्टहरु यस्ता छन्:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell