PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित



पहिलोपोस्ट

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन विधेयक पारित भएको छ। आजको संसदको दोस्रो बैठकमा राज्यव्यवस्था समितिले प्रस्तुत गरेको प्रतिवेदन संसद्को तेस्रो बैठकबाट पारित भएको हो। 

गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित गरियोस् भनी क्रममा राखेको प्रस्ताव संसदको बहुमतबाट पारित गरेको हो।

राष्ट्रिय जनमोर्चा, नेमकिपा सहितका साना दलहरुले विधेयकको विपक्षमा आफ्नो मत प्रस्तुत गरेका थिए। गृह मन्त्रीले प्रस्ताव राख्नुअघि विधेयमा राखिएको थ्रेसहोल्डप्रति तीब्र असन्तुष्ट रहेको नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्याको विषयमा प्रश्न उठाएका थिए। 

सांसद सुवालले उठाएको प्रश्न पछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या एकीन गर्न लगाएकी थिइन्। घण्टी बजाएर संख्या एकीन गर्दा संसदको काम कार्वाही संचालन गर्न चाहिने न्यनुतम संख्या एक चौथाइ भन्दा बढी सांसद भेटिएपछि विधेयकहरु निर्णयार्थ प्रस्तुत गरिएको हो। संसदमा अहिले कायम रहेको संख्याले एक चौथाई हुन एक सय ४८ अवश्यक भए पनि बैठकमा दुई सय सदस्य थिए। 

संसदबाट पारित भएका दुवै विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुन्छ। आगामी मंसिर १० र २१का लागि मिति घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले कानुन नभएको समस्या देखाउँदै सरकारलाई पटक पटक ताकेता गरेको थियो। 

दुवै विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेर लागू गरेपछि निर्वाचन आयोगले कार्यान्वयन गर्ने छ। 

प्रदेशसभा र प्रतिधिसभा निर्वाचन विधेयकमा संशोधन मार्फत् फौजदारी कसुरमा दोषी ठहर भएर सजाए पाएकाहरुले सजाय भुक्तान गरेको तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने प्रस्ताव बाहिरिएको छ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell