काठमाडौं : कर्णालीको मौलिक संस्कृति प्रबद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि स्थानीय भृकुटीमण्डपमा कर्णाली बृहत् साँस्कृतिक उत्सव हुने भएको छ।
कर्णाली समाज र साँस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना हुने एकदिने उत्सवमा कर्णालीका कलाकारले गाउँघरमा प्रचलित ठेट भाषा र शैलीमा गाइने र नाचिने देउडालगायत विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
उत्सव आयोजक समितिका संयोजक प्रेमबहादुर बोहराले ‘नजर फेरौँ र कर्णाली हेरौँ’ भन्ने मूल नाराका साथ हुने सो उत्सवमा कर्णाली अञ्चलका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटका साँस्कृतिक पहिचान उजागर गरिने जानकारी दिए। रासस,