PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

यी हुन् कांग्रेसले दुई नम्बरमा छानेका मुस्लिम उम्मेदवार



पहिलोपोस्ट

काठमाडौं : नेपाली कांग्रेसले २ नं प्रदेशका स्थानीय तहको नेतृत्व गर्न मुस्लिम समुदायका अगुवाहरुलाई अगाडि सारेको छ।

नेपाली कांग्रेसले सोमवार सार्वजनिक गरेको नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुमा मुस्लिम समुदायका महिला र पुरुष दुवै परेका छन्।

कांग्रेसले रौतहटको इस्नाथ नगरपालिकामा कौशिल्यादेवी, परोहा नगरपालिकामा प्रमुखमा  शेख वकिल,  राजपुर नगरपालिका प्रमुखमा मो. सकिल अख्तर र गुजरा नगरपालिका प्रमुखमा शेष दाउदलाई उम्मेवार बनाएको छ। कांग्रेसले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा साबिर हुसेन, बाराको  फेटा गाउँपालिकाको अध्यक्षमा रुस्तम अन्सारी र महोत्तरीको साम्सी गाउँपालिका अध्यक्षमा रंकिब शेख उम्मेदवार बनाएको छ। 

बाराको कलैया उपमहानगरपालिकाको उप प्रमुखमा रहिमा खातुन, महोत्तरीको मटिहानी नगरपालिका उप प्रमुखमा जुमैदा खातुन, पर्साको पोखरीया नगरपालिकाको उप प्रमुखमा रेहबा खातुन, जगरनाथपुर गाउँ पालिका उपाध्यक्षमा मैमुल नेशालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ।

यस्तै रौतहटको इसनाथ नगरपालिकाका उप प्रमुखमा शेष कलाम हुसैन, राजपुर नगरपालिकाको उपप्रमुखमा जकिरा खातुन र बृन्दाबन नगरपालिकाको उप प्रमुखमा नूर जहाँलाई कांग्रेसले उम्मेद्वार बनाएको छ।

यसरी नै कांग्रेसले सप्तरीको डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा सखिना खातुन  र छिन्नमस्ता गाउँपालिकामा सहिदा खातुनलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।

सर्लाहीको मलंगवा नगरपालिकाको उप प्रमुखमा शवनम मिकरानी छानेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell